तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा बजार अनुगमन : उपभोक्तासँग धेरै असुल्ने दुई पसल शील

रुपन्देही । व्यापारीहरुले कोरोना महामारीसँगै उपभोक्तासँग चर्को मूल्यमा सामानहरु बिक्री गरेको गुनासो आएसँगै बुटवल उपमहानगरपालिकाले अनुगमन गरेको छ ।

बुधबार बुटवलका खाद्यान्न तथा तरकारी पसलहरुमा गरिएको अनुगमनमा दुई पसल शील भएका छन् ।

उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक तथा उपप्रमुख गोमादेवी आचार्यको नेतृत्वमा गरिएको अनुगमनमा धेरै व्यापारीहरुले चर्को मुल्य लिएको पाइएको छ ।

अनुगमन टोलीले बुटवलको हाटबजारस्थित गोपिकृष्ण किराना पसल र राममन्दिरस्थित लालाजी किराना पसलमा बढी मुल्य लिएको र खरिद बिलसमेत नदेखाए भन्दै शील गरेको छ ।

अनुगमन समिति आउने सूचना पाएपछि बजारका अधिकांश पसल बन्द गरिएकाले अब छड्के अनुगमनलाई निरन्तरता दिने संयोजक आचार्यले बताउनुभयो ।

अनुगमन टोलीमा वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मन्च, वाणिज्य तथा व्यापार संघ, सुरक्षानिकायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button