तपाईँ सुन्दै हुनुहुन्छः

लगानीकर्ताहरु होटल र जलविद्युत कम्पनीहरुको सेयरमा आकर्षित

काठमाडौं । बुधबार लगानीकर्ताहरु होटल र जलविद्युत कम्पनीहरुको सेयरमा आकर्षित भएका छन् ।

होटल व्यवसाय सञ्चालनमा आउने भएपछि कतिपय जलविद्युत कम्पनीले विद्युत विक्री गरी लाभांश समेत दिन सक्ने अवस्थामा पुगेकाले लगानीकर्ताहरु होटल र जलविद्युत कम्पनीहरुको सेयरमा आकर्षित भएका हुन् ।

बुधबार सेयर बजार ५ दशमलव ३६ अंकले बढेर १५ सय ४१ दशमलब ४० विन्दुमा पुगेको छ ।

बुधबार १९४ कम्पनीको १ अर्ब ८४ करोड रुपैयां बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार २ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार चार वटा कम्पनी घलेम्दी हाइडोपावर, बरुण हाइडोपावर, सिनर्जी पावर डेभलपमेन्ट र एनआरएन लघुवित्तको सेयर मुल्य १० प्रतिशत बढेको छ ।

यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रो, छ्याङदी हाइडोपावर र सोल्टी होटलको सेयर मुल्य साँढे ९ प्रतिशत माथि बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेयर मुल्य घट्नेमा सबैभन्दा बढी म्युचुअल फण्डका सेयर रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button