तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु

सप्तरी । सप्तरीको खडक नगरपालिका ३ का एक २३ वर्षीय युवाको कोरोना संक्रमितबाट उपचारको क्रममा मृत्यु भएको छ ।

धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालाय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी गराएका छन् ।

सोमबार मात्रै संक्रमित पुष्टि भएको मृतक मृगौला पीडित पनि थिए । उनको उपचार राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पतालमा उपचार सम्भव नभएको कारण सोमबार नै धरान रेफर गरेको स्वास्थ्य कार्यालाय सप्तरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button