तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा आज १३३ कोरोना संक्रमित थपिए

सुनसरी । प्रदेश १ मा आज बुधबार १३३ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुरमा १ र धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ हजार २७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा हाल सम्म १ लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गरिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button