सुनसरीको सीमावर्ती क्षेत्रबाट पटका बरामद
सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिका १ लौकहीबाट सशस्त्र प्रहरीले पटका बरामद गरेको छ ।
सशस्त्र सीमा सुरक्षा बल (बिओपी) लौकहील ठूलो परिणाममा बिस्पोटक पदार्थ पटाका बरामद गरेको हो ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा गस्तीको समयमा विष्फोटक पदार्थ (पटाका) बरामद गरेको आलुबम २० प्याकेट, पटाका ३ सय ५० प्याकेट, झिरझिरे सहित बरामद गरिएको जनाएको छ ।
बुधबार सशस्त्र प्रहरीको विशेष चेकिङ टोलीले सीमा खण्डबाट पटाका बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डेले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्