तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका विभिन्न स्थानीय तहमा भोलिदेखि विद्यालय खोल्ने तयारी

बैतडी । बैतडीका विभिन्न स्थानीय तहहरुले असोजदेखि विद्यालय खोल्ने तयारी गरेका छन् ।

जिल्लामा कोरोना भाईरसको संक्रमण कम हुँदै गएको र लामो समयदेखि विद्यालय बन्द रहेकाले विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक असर परेकाले विद्यालय सञ्चालनको तयारी भएको उहाँको भनाइ छ । यस्तै जिल्लाको शिवनाथ गाउँपालिकाले पनि यही असोज ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

शिक्षण सिकाईलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button