भारतले निर्यातमा रोक लगाएसँगै प्याजको कृत्रिम अभाव
वीरगञ्ज । भारत सरकारले प्याज निर्यातमा रोक लगाएसँगै यसको प्रत्यक्ष असर सिमावर्ती वीरगञ्ज बजारमा देखिएको छ ।
भारतले नेपालमा प्याज निर्यात गर्न रोक लगाएको दोस्रो दिन वीरगञ्जमा ६० रुपैयाँ किलोको प्याज सय रुपैयाँ भन्दा बढीमा बिक्री भएको छ ।
प्याज निर्यातमा भारतले रोक लगाएसँगै वीरगञ्जमा थोक तथा खुद्रा बिक्रेताहरुले प्याजको कृत्रिम अभाव सृजना गरी महँगो मूल्यमा बिक्रि गर्ने गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।
नेपालमा खपत हुनेमध्ये जम्मा २ प्रतिशत प्याज मात्रै स्वदेशमा उत्पादन हुन्छ र बाँकी ९८ प्रतिशत भारतबाट आयात हुने गरेको बताइएको छ ।
वीरगञ्ज काठमाडौँ, हेटौडा, नारायणगढ लगायतका बजारहरुमा भित्रिने प्याजको सबै माग भारतले धान्दै आएको छ ।
यसैबच, व्यापारीहरुले प्याजको कृत्रिम अभाव सिजना गरी बिगतमा आयाता गरेको प्याज समेत लुकाएर राखेको हुदा यसको खोजी गर्नुपर्ने माग उपभोक्ताहरुको छ ।








प्रतिक्रिया राख्नुहोस्