तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा ५१ कोरोना संक्रमित थपिए 

सुर्खेत । कर्णाली प्रदेशमा थप ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार पुष्टि भएका मध्ये चार विद्यार्थी, तीन सुरक्षाकर्मी, दुई निजामति कर्मचारी तथा एक जना गैरसरकारी संस्थाका कर्मचारी गरि ५१ जना रहेको कर्णाली प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

यो सँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय १४ पुगेको छ । प्रदेश अस्पताल–पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४९, चौरजहारी र दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा एक–एक जनामा कोरोना पुष्टि भएको समाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँंडेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार बुधबार ३५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । दुई सय ६२ ओटा आइसोलसन रहेको कर्णालीमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ हजार ६ सय ५ पुगेको छ । नयाँ संक्रमितसहित आइसोलेसनमा रहेका र रहने क्रममा रहेका संक्रिय बिरामीको संख्या भने ३ सय ३ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button