कोरोना भाइरसको सङ्क्रमणका कारण थप आठ जनाको मृत्यु

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय ७९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले चार जना महिला र चार जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा बाराकी ४६ बर्षीया महिला, काभ्रेपलाञ्चोककी ५५ बर्षीया महिला, काठमाडौँकी ७१ र ७४ बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ७० बर्षीय पुरुष, सप्तरीका ३५ बर्षीय पुरुष, काभ्रेपालञ्चाकका ४१ बर्षीय पुरुष र कास्कीका ७० बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्