तपाईँ सुन्दै हुनुहुन्छः

चार जुवाडेसहित होटल सञ्चालक पक्राउ

बारा । बाराको निजगढबाट प्रहरीले चार जना जुवाडेसहित होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका वडा नम्बर ७ का ४७ वर्षीय टोकल भनिने जीतसिंह लामा, सोही नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय हरि ढुंगाना, ४६ वर्षीय होम बहादुर खड्का, पर्सा ठोरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल निजगढ नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ४७ वर्षीय शिव अधिकारी र होटल सञ्चालक रमेश पौडेल रहेका छन् ।

विशेष सुचनाको आधारमा प्रहरीले गएराती उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले जुवाडेहरुको साथबाट ५३ हजार नगद र ३ गड्डी तास बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक विकास थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button