फड्के किराले सखाप पार्न थाल्यो धानबाली
कञ्चनपुर । खैरो फड्के किराले कञ्चनपुरमा धान खेतीमा नोक्सानी पुर्याउन थालेको छ । भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका धान खेती गरेका किसानको धानबालीमा खैरो फड्के किराले नोक्सानी पुर्याएको पाईएको छ ।
भीमदत्त नगरपालिका १८ र कृष्णपुर नगरपालिका ३ मा खैरो फड्के किराको प्रकोप बढी देखिएको छ । भीमदत्त नगरपालिका १८ गोवरैयाका किसान करुणाकर भट्टका अनुसार पहिले धानका पातहरु पहले हुदै गएको र बालाहरु आएपनि फोस्रा भएका छन ।
पछि धानका बोट मर्ने समस्या रहेको छ । दश कठ्ठा बढी लगाईएको धानबालीमा फड्के किराको प्रकोप देखिए पछि कृषि प्राविधिकलाई देखाएर सल्लाह लिएको र अन्य धानका विरुवालाई फड्के किराबाट जोगाउनका लागि बिषादी छर्कने कार्यमा लागेको किसान भट्टले वताएका छन ।
धानबाली अनुगमनका क्रममा दुई वटै पालिकाका किसानको धानबालीमा फड्के किराको प्रकोप भएको पाईएको बालि संरक्षण प्रयोगशाला सुन्दरपुरका प्राविधिक सहायक अम्बादत्त बिष्टले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्