तपाईँ सुन्दै हुनुहुन्छः

झापाको मेचीनगरबाट लागु औषधसहित दुई जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–१३ बाट नियन्त्रित लागु औषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागु औषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–१५ का २९ वर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका–५ का २७ वर्षीय पवन कुमार वसाकलाई गए राती सवा ७ बजे पक्राउ गरेको हो ।
मे १ प ९९७२ नम्बरको मोटरसाइकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका दुवै जनालाई चन्द्रगढी रोडमा रोकेर चेक जाँच गर्ने क्रममा उक्त परिणामको लागु औषध बरामद भएको थियो ।
लागु औषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button