तपाईँ सुन्दै हुनुहुन्छः

बर्षातका कारण गौरी गाउँमा दुई तले घर भत्किदा चार लाखको क्षति 

तुलसीपुर  । अविरल बर्षातका कारण तुलसीपुरको गौरी गाउँमा दुई तले कच्चिघर भत्किदा चार लाखको क्षति भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१० गौरी गाउँमा  राती सवा २ः०० बजे  घर भत्किदा, अन्नपात, लत्ताकपडा, भाँडा वर्तन, काठ पातमा  पूर्णरुपमा क्षति पुगेको छ  ।
त्यसै गरी घर भत्किदा सामान्य घाइते भएका ५० वर्षका गणेश चौधरी र उनकी श्रीमती ४५ वर्षकी विमला चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि  घरमा फर्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button