देवदहमा १५ शैयाको अस्पताल निर्माण शुरु

रुपन्देही । रुपन्देहीको देवदह–५, खैरेनीमा १५ शैयाको अस्पताल बन्ने भएको छ ।
संघीय सरकारको एक नगर एक अस्पताल नीति अन्र्तगत १५ शैयाको करिव ९ करोडको लागतमा अस्पताल निर्माण सम्पन्न हुने नगर प्रमुख हिराबहादुर खत्रीले बताउनुभयो ।
अस्पतालको भर्चुल माध्यमबाट पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले शिलायान्स गर्नुभयो । अस्पताल भवन शिलान्यस गर्दै पूर्वमन्त्री विश्वकर्माले देवदहमा अस्पताल संचालनपछि नवलपरासी, पाल्पा र देवदहका स्थानीयवासीहरु स्वास्थ्यको पहुँचमा हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्