तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

भोजपुर  । भोजपुरमा थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सङ्क्रमण पुष्टि भएकाहरूमा नेपाल प्रहरी, थुनुवा र राष्ट्रिय वाणिज्य बैङ्कका कर्मचारी रहेका छन् ।
नेपाल प्रहरीका २८, २७, ३९ वर्षका तीन जना, ३३ वर्षका थुनुवा एक जना र राष्ट्रिय वाणिज्य बैङ्कका ४९ वर्षिया एक पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
बैङ्कको कर्मचारीमा सङ्क्रमण देखिएपछि बैङ्कको सम्पर्कमा आएकाहरूलाई घरैमा होम क्वारेन्टिनमा १४ दिन बसिदिन आग्रह गरेका छन् ।
‘सङ्क्रमितको ‘ट्राभल हिस्ट्री’को आधारमा अन्यको पनि स्वाब परिक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
उनीहरूको स्वाब गत भाद्र २५ गते जिल्लाका एक सय एक जनाको स्वाब सङ्कलन गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा ९६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।
जिल्लामा थप सङ्क्रमण फैलिन नदिन प्रशासनले एक हप्ताका लागि गरेको लकडाउन समय अवधि बुधवार सकिँदै छ । पुनः लकडाउन गर्ने नगर्ने बारेमा जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
यसअघि बैङ्कका कर्मचारी, हिरासतमा रहेको थुनुवा र होल्डिङ एरियामा रहेका भोजपुर १२ का २८ वर्षीय पुरुष, षडानन्द नगरपालिका–६ का २२ वर्षीय पुरुष र टेम्केमैयुङ गाउँपालिका–२ का २१ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै भोजपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । जसमध्ये नौ जना कोराना निको भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button