बलात्कार आरोपमा एक युवक पक्राउ

बर्दिबास । बलात्कारमा संलग्न रहेको आरोपमा एक युवकलाई ईलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका ६ बस्ने १९ वर्षीय युवक रहेको ईलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईँले जानकारी दिनुभयो ।
मङ्गलवार साँझ घाँस काट्न गएकी २२ वर्षीय युवतिलाई उनले बलात्कार गरेको आरोप छ ।
टना पश्चात युवतीलाई युवकले घरपरिवार र गाउँमा भने ज्यान मार्ने धम्की दिएको पीडित यूवतीका आफन्तले बताएका छन् । युवतिको बयानको आधारमा युवकलाई गए राती घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । युवतिको शरीरमा र अन्य अंगमा घाचोट समेत रहेको परिवारजनले बताएका छन् । युवतिको स्वास्थ्य परीक्षणको तयारी भइरहेको र घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको डिएसपी चापागाईँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्