गण्डकीमा प्रहरी र पत्रकारसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । गण्डकी प्रदेशमा बुधवार बिहान चार जिल्लाका ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। नयाँ संक्रमितहरुमा कास्कीका ३२ जना, गोरखाका १३ जना, तनहुँका ६ जना, बाग्लुङका ३ र नवलपुरका १ जना रहेका छन् ।योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या ३१७१ जना पुगेको छ।
नयाँ संक्रमितमा कास्कीको पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । त्यस्तै पोखरा महानगरपालिका( ४ कै ३८ वर्षीय १ जना स्थायी ठेगाना स्याङ्जाको पुतलीबजार(१३ घर भई हाल पोखरामा पत्रकारितामा संलग्न हुनुहुन्छ ।त्यस्तै पोखरा महानगरपालिका(६ का २ जना पुरुषहरु पर्यटक प्रहरीमा कार्यरत हुनुहुन्छ ।
त्यस्तै वडा नम्बर १५ का ४० बर्षका २ जना पुरुषहरु, वडा नम्बर २७ का २८ वर्षीय पुरुष, वडा नम्बर ६ का २१ वर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बस्नुभएको हो ।
त्यसैगरी रुपा(१ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बस्नुभएको हो । त्यस्तै वडा नम्बर १ का २५ बर्षीय महिला पृथ्वीचोकस्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुनुहुन्छ ।
त्यस्तै तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बस्नुभएको हो । शुक्लागण्डकी(१० का २८ बर्षीय पुरुष कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान हुनुभएको र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुनुहुन्छ ।
त्यस्तै बाग्लुङ जिल्ला, गल्कोट(३ र बाग्लुङ(१ का क्रमशः ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा रहनुभएको थियो ।
नवलपरासी (ब.सु.पू) जिल्लाको कावासोती(८ का संक्रमित ह्याम्स अस्पताल काठमाडौँमा उपचाररत हुनुहुन्छ ।अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८९५ रहेको छ भने निको हुने दर ५९.९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।









प्रतिक्रिया राख्नुहोस्