भुकम्पले पर्वतमा एक घर भत्कियो

पर्वत- बुधबार बिहान ५ः१९ बजेको समयमा गएको भूकम्पले कुश्मा नगरपालिका–१ तल्लो पाङमा एक घर भत्किएको छ ।सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले नारायण सुवेदीको दुई तले घर भत्किएको हो ।
लगातार भइरहेको वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र बाँधिएको गाईलाई पुरेको भए पनि उद्धार गरिएको सुवेदीले बताउनुभयो । गत आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो ।
पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको हो ।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले घटनाको जानकारी पाए लगत्तै घरमा भएको क्षतिको बिबरण संकलन गर्न प्रहरी घटनास्थल तर्फ गएको जानकारी दिनुभयो । मानविय क्षति भने नभएको प्रहरीले जानाकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्