झ्यालबाट हामफाल्दा एक जना घाइते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर आएको ६ रिक्टरको भूकम्पको पराकम्पका कारण एक जना घाइते भएका छन् । भूकम्प आउँदा झ्यालबाट हामफालेका राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र रायमाझी घाइते भएको इलाका प्रहरी कार्यालय जलविरेले जनाएको छ ।
उहाँको ढाडमा समस्या भएको र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको कार्यालयका प्रहरी निरीक्षक हरि भट्टराईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्