झापाको काबेली सिमेन्ट उद्योगमा आगलागी, २ करोडको क्षति
झापा । झापाको हल्दिवारी गाउँपालिका डा नं ३ मा भरखरै स्थापना भएको काबेली सिमेन्ट उद्योगमा सोमबार राति आगलागी भएको छ ।
उद्योगको पावरहाउसमा राति २ बजेतिर आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको नोक्सानी भएको उद्योगका प्रवन्ध निर्देशक सुमन मैनालीले जानकारी दिनुभयो ।
राती २ बजेतिर परेको चट्याङका कारण पारहाउसमा आगो लागेको अनुमान गरिएको छ । आगो लागेको थाहा पाउनासाथ भद्रपुर र बिर्तामोडबाट गएका दुईवटा दमकलले स्थानीय र प्रहरीको सहयोेगमा आगो नियन्त्रणमा लिएको बताइएको छ ।
झापाका युवा व्यवसायीहरुको करिब ६० करोडको लगानीमा स्थापना भएको उद्योग गत साता मात्र उद्घाटन भएको थियो । उद्योग पुनः संचालनमा ल्याउन दुई साताजति लाग्ने मैनालीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्