कामदार अभावले हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ ।
धादिङको बेनिघाट रोराङमा रहेको बहुराष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लागेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि दुई महिनायता निर्माण पूर्णरूपमा ठप्प भएको हो ।
उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको र उद्योग निर्माणस्थलमा रहेका कामदारसमेत क्रमशः स्वदेश फर्केपछि निर्माण कार्य प्रभावित हुनुका साथै तोकिएको समयमा उद्योग सञ्चालनमा आउनेमा समेत आशंका पैदा भएको छ ।
बढ्दो कोरोना संक्रमणको सन्त्रासका कारण प्राविधिक सहितका ३ सय चिनियाँ कामदार र ६ सय नेपाली कामदार घर फर्केपछि उद्योगको काम रोकिएको हो । सो उद्योगमा नेपाली र चिनियाँ गरी कूल एक हजार कामदार कार्यरत थिए ।
उद्योगको भौतिक काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । लगानी बोर्डले सहजीकरण गरेको सो उद्योग होङ्सी शिवम् पछिको ठूलो विदेशी लगानी हो । उद्योगमा १५ अर्ब लगानी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्