तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । गण्डकी प्रदेशमा ५१ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको परीक्षणमा प्रदेशका ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका २० जना, स्याङजाका १३ जना, तनहुँका ९ जना, कास्कीका ५ जना, गोरखाका २ जना, लमजुङ र मनाङका एक एकजना रहेका छन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार एक सय १६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button