तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार पनि सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button