सिन्धुुपाल्चोक पहिरो अपडेटः थप दुई जनाको शव फेला
सिन्धुपाल्चोक । सिन्धुुपाल्चोकको बाह्रबिसे ७ स्थित घुम्थाङमा पहिरोले पुरिएर बेपत्ता भएकामध्ये थप दुुईजनाको शव भेटिएको छ ।
आज घुुम्थाङ भीरखर्कका २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिका विकको शव भेटिएसँगै घुम्थाङको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुुगेको छ ।
पहिरोमा बेपत्ता भएका अन्य १८ जनाको खोजी भाइरहेको सिन्धुुपाल्चोकका प्रहरी प्रमुुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुुभयो ।
अस्ती रातिको पहिरोले बाह्रबिसे नगरपालिका ७ घुम्थाङ भीरखर्कका १० र नागपुुजे गाउँका सात घर पुुरिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्