तपाईँ सुन्दै हुनुहुन्छः

कुखुरा फर्ममा बाढी पस्दा एक हजार चल्ला नष्ट

तुलसीपुर । गएराति दाङको तुलसीपुर स्थित एक कुखुरा फर्ममा बाढी पस्दा एक हजार चल्ला नष्ट भएको प्रहरीले बताएको छ । तुलसीपुर उपमहानगरपालिका– ८ चमीखोलामा रहेको कुखुरा फर्ममा खोलामा आएको बाढी पसेको थियो ।

रोल्पा गंगादेव गा.पा.४ बस्ने २३ बर्षिय राज कुमार वली र सोहि ठाउँका राम वलीको अस्थायी कुखुरा फर्ममा पानी बाढी पस्दा ब्रोईलर कुखुराको एक हजार चल्ला र १० बोरा दाना नष्ट भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता राज कुमार वैदवारले जानकारी दिनुभयो ।

गएराती देखी परेको अविरल वर्षाका कारण खोलामा आएको बाढी फर्ममा पस्दा क्षति भएको प्रहरीले बताएको छ । राती साँढे १ बजे भएको घटनाबारे प्रहरीले खबर पाएलगतै प्रहरी सहायक निरीक्षक प्रदिप खड्काको नेतृत्वमा ३ जना प्रहरी टोली पुगेर हेर्दा ४ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button