बैतडीमा कोरोनाका सक्रिय संक्रमित शुन्य
बैतडी । बैतडी तत्कालका लागि कोरोनाको सक्रिय संक्रमित शुन्य जिल्ला भएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहका ३७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भईसकेकाले तत्कालका लागि सक्रिय संक्रमित शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
पाटन नगरपालिकाका १ जना संक्रमित पनि आज डिस्चार्ज भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको हो । गत जेठ ९ गते पहिलो पटक जिल्लामा एकजना थुनुवामा कोरोना पुष्टि भएको थियो ।
३७५ जना नेपाल सरकारको मापदण्ड अनुसार संक्रमणपछि क्वारेन्टाइन बसेका, केहीको दोश्रो र केहीको तेश्रो पटक कोरोना परीक्षण गरेर घर पठाइएको जोशीले जानकारी दिनुभयो ।
जिल्लामा अहिले सम्म ४ हजार १२९ जनाको स्वाब संकलन गरिएकोमा अब ३२ जनाको मात्रै रिपोट आउन बाँकी रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्