तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयको श्रमदानमा दिशानिर्देश सहितको ट्राफिक बिट बन्दै

सर्लाही । सर्लाहीको वागमती नगरपालिका भन्ने बितिकै सबैले विकास कै कुरा सम्झिनु हुन्छ । अहिले यस पालिकाको अधिकांस सडक(कालोपत्रे) बिस्तारको काम भइरहेको छ ।

यस्तै बरहथवा नगरपालिका वडा नम्बर ५ र बागमती नगरपालिका वडा नम्बर ८ मा पर्ने ठाउँ हो खुजुरे चोक( मणि चोक) । यहि चोकबाट बागमती नगरपालिकाको सुरुवात हुन्छ ।

यस चोकमा अहिले नागरिक सुरक्षा चोक(ट्राफिक बिट) को निर्माणको शिलान्यास भएको छ । केही समय पहिले यस ठाउमा प्रतिक्षालय रहेको र सडक निर्माणको क्रममा भत्काइएको थियो । अहिले भने त्यहाँ बटुवालाई भौतारिनु नपरोस भन्ने हिसाबले चोकको चारतिर दिशा निर्देश बोर्ड अर्थात् यो बाटो यता जान्छ भनि ठाउको नाम सहितको ट्राफिक बिट निर्माण गरिदै छ ।

अहिले स्थानीयहरुको श्रम दानमा ट्राफिक बिटको र पछि आर्थिक समस्या आएमा वडा कार्यालय र आफ्नो व्यक्तिगत रुपमा सहयोग गर्ने कुरा बताउछन् बागमती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मन बहादुर तामाङ्ग ।

यहाँ चौबाटो भएकोले धेरै घटना भएको र यसको निर्माण पछि दुर्घटनामा पनि कमी आउने कुरामा विश्वास गर्छन् स्थानीयबासी ।

जमिनबाट १ फिट इट्टाले गोलाकार निर्माण गर्ने र त्यो भन्दा माथि फलामको पाइपको फेरिंग बनाउने योजना रहेको वडा अध्यक्ष तामांग बताउछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button