तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा पहिरोमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएर बेपत्ता भएका मध्ये थप दुई जनाको शव भेटिएको छ ।

आज घुम्थाङ भीरखर्कका २२ वर्षका कुमार विक र २१ वर्षकी सोनिका विकको शव भेटिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

योसँगै ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । अरू बेपत्ता १८ जनाको खोजी भइरहेको छ । शनिवार राति गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ को घुम्थाङ भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दा खोजीमा जुटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button