बबई नदीमा माछा मार्न गएका एक युवा बेपत्ता
बर्दिया । बबई नदीमा राती माछा मार्न गएका बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वडा नम्बर १ का एक युवा बेपत्ता भएका छन् ।
बारबर्दिया नगरपालिका–१ लौङगह्वा बस्ने २२ वर्षीय विनोद चौधरी बबई नदिको चन्दपुरघाट नजिकै गए राती करिब ८ः०० बजेको समयमा माछा मारी रहेको बेलामा बेपत्ता भएका हुन् ।
बेपत्ता भएका चौधरीको पारिवारिक स्रोतका अनुसार तीन जना माछा मार्न गएको तर राति घर नफर्केको जनाइएको छ । उनीसँगै रहेका दुई जनाले माछा मार्दै गर्दा बेपत्ता भएपछि तत्काल खोजी गर्दा पनि फेला पर्न नसकेपछि परिवार तथा आफन्तलाई खबर गरेको बताएका छन् ।
बेपत्ता चौधरीलाई बबई नदिमा स्थानीय, आफन्त, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो ।
आफन्त र स्थानीयहरू रातीदेखि खोजी कार्य जारी राखेका छन् भने घरपरिवारले प्रहरीमा बिहान मात्र खबर गरेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्