बाँकेमा १० किलो लागू औषध अफिमसहित दुई जना पक्राउ

नेपालगञ्ज । बाँकेमा १० किलो लागू औषध अफिमसहित दुई जना पक्राउ परेका छन् ।
राप्तीसोनारी गाउँपालिका-१ कुसुमबाट १० किलो अफिमसहित रुकुम (पूर्व)को उत्तरगङ्गा गाउँपालिका-८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका वडा नम्बर १९ का वसन्त घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दाङबाट अवैध लागू पदार्थसहित केही व्यक्ति बाँके प्रवेश गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सहितको टोलीले कुसुम बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्