बागलुङमा पहिरोले चार घर पुर्यो, एक जना बेपत्ता
बागलुङ-बागलुङको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराको टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन् ।
बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरिँदा टुनीबोटका ७० वर्षिय हरिकृष्ण पौडेल बेपत्ता हुनुभएको हो ।
उहाँको परिवारका अन्य तीन जनाले भने भागेर ज्यान जोगाएको स्थानीय कृतिनाथ शर्माले जानकारी दिनुभयो । अत्याधिक वर्षा भएपछि घरमा रहेका सबैलाई स्थानीयले रातीनै अन्यत्र सारेका थिए ।
घटनास्थल पुग्ने सडक तथा पैदलमार्गमा समेत ठुलो पहिरो झरिरहेकाले प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थल पुग्न सकेको छैन । प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थल हिँडे पहिरो झरिरहेकाले जोखिम रहेको वडा सदस्य रुद्रनाथ शर्माले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्