तपाईँ सुन्दै हुनुहुन्छः

एक जना फरार प्रतिवादी पक्राउ

 कञ्चनपुर-कञ्चनपुरको बेलडाँडीबाट एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार, लालमणी भट्टको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कमल कुवँर भन्ने कृष्ण कुवँर समेत भएको ज्यान मार्ने उद्योग मुद्धामा गतवर्ष कार्तिक ४ गतेदेखि फरार भएका बेलडाँडी गाउँपालिका वडा नम्बर १ दोकटा बस्ने २३ वर्षीय रतन खड्कालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलडाँडी गाउँपालिका वडा नम्बर १ बाट पक्राउ गरी उनलाई आवश्यक कार्वाहीको लागि कञ्चनपुर जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button