युएईका दुई क्रिकेट खेलाडीलाई अस्थायी निलम्बन
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युएईका दुई क्रिकेट खेलाडीलाई अस्थायी निलम्बन गरेको छ ।
आईसीसीले एन्टी करप्सन नियम उलंघन गरेको भन्दै अमिर हायात र अस्फाक अहमेदलाई अस्थायी निलम्बन गरेको हो । आईसीसीले तत्कालबाट लागु हुने गरी दुबै खेलाडीलाई निलम्बन गरीएको जनाएको छ । दुबै खेलाडीलाई आईसीसीले १४ दिन भित्र प्रतिक्रिया दिन समेत निर्देशन दिएको छ ।
यसअघि इमिरेट्स क्रिकेट बोर्डले अस्फागलाई टी–ट्वान्टी विश्वकप छनोटको दौरान गत अक्टोबरमा निलम्बन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्