तपाईँ सुन्दै हुनुहुन्छः

मल कालोबजारी गरेकालाई जनही १० हजार जरिवाना 

चितवन । पूर्वी चितवनको रत्ननगर १ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको भन्दै संस्थाका चारजनालाई कारबाही गरेको छ ।

कालोबजारी गरेको आरोपमा पक्राउ परेका संस्थाका व्यवस्थापक तथा खरिद बिक्री उपसमितीका ३ जना पदाधिकारीलाई जनही १० हजार रुपैयाँ जरिवाना तोकिएको हाम्रा सम्वाददाताले जनाएका छन् ।

कालोबजारी मुद्धामा पक्राउ परेका संस्थाका बिनोद अधिकारी, रामकृष्ण तिम्सिना, मायानाथ अर्याल र निर्मला घिमिरेलाई जिल्ला प्रशासन कार्यालय चितवनले जनही १० हजार जरिवाना र संस्थामा रहेको ५१ बोरा मल जफत गर्ने आदेश भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

त्यस्तै संस्थालाई कारबाहीको लागि रत्ननगर नगरपालिकामा लेखी पठाउने आदेश भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button