तपाईँ सुन्दै हुनुहुन्छः

५ महिनापछि ओपीडीसहित जनरल सेवा पुनः सन्चालन गर्ने तयारी

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम भएसँगै नारायणी अस्पतालले ५ महिना पछि ओपीडी सहित जनरल सेवा पुनः सन्चालन गर्ने भएको छ ।

हाल वीरगञ्जमा निषेधाज्ञा जारी रहेको र निषेधाज्ञा हटेसँगै वीरगञ्जको जनजिवन सामान्य बने पछि असोज १ गते लगतै नारायणी अस्पतालमा जनरल र ओपीडी सेवा सन्चालन हुने पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।

नारायणी अस्पताललाई चाडै जनरल र ओपीडी सेवा दिने गरी सन्चालन गर्ने सम्बन्धमा अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर सन्जय ठाकुर सहितको टोलीसँग आज आफुले परामर्श गरेको र छिट्टै जनरल तथा ओपीडी सेवा सुरु हुने प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।

मध्य तराईका जनताहरुको उपचारको केन्द्रको रुपमा स्थापित नारायणी अस्पतालमा ५ महिना देखी जनरल सेवा ठप्प हुदा सर्बसाधरण नराम्रोसँग प्रभाबित भएका छन् ।

बिशेषगरी बारा, पर्सा, रौतहट र छिमेकी मुलुक भारतबाट समेत ठुलो संख्यामा बिरामीहरु उपचारका लागि नारायणी अस्पताल आउने गरेकोमा कोरोना संक्रमणको कारण जारी लकडाउन र निषेधाज्ञा तथा नारायणी अस्पताललाई नै कोभिड अस्पताल बनार्र्ईएपछि बन्द भएको ओपीडि तथा जनरल सेवा सन्चालनमा नआउदा सर्बसाधारण प्रभाबित भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button