तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरका तेइस सय बढी फुसका छाना हटाइने

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरका २ हजार ३ सय ३० घरको फुसको छानो हट्ने भएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस वर्ष भोजपुरका २ हजार ३ सय ३० घरको फुसको छानो हटाएर जस्ता पाता लगाइने छ । यस वर्षको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत जिल्लाका पालिकाहरु मध्येमा भोजपुर नगरपालिकाका २ सय ३९, षडानन्द नगरपालिकाका ३ सय ८३, पौवादुङमा गाउँपालिकामा २ सय २३ र टेम्के मैयुङ गाउँपालिकाका २ सय २५ घरको फुसको छाना हटने छ ।

यस्तै रामप्रसादराई गाउँपालिकाका २ सय ७१, साल्पासिलिछो गाउँपालिकाका २ सय, आमचोक गाउँपालिकामा २ सय ५४, हतुवागढी गाउँपालिकाका २ सय ८९ र अरुण गाउँपालिका भित्रका २ सय ४६ घर गरेर जिल्ला भरीका कुल २ हजार ३ सय ३० घरको फुसको छाना हट्ने छ ।

कार्यक्रममा परेका स्थानीय तहहरुले आआफनो वडा कार्यालयमा निवेदन गर्नु पर्नेछ । कार्यक्रममा नपरेका स्थानीय तहका वडाहरुका लागि अर्को आर्थिक वर्षमा समेटिने कार्यक्रमका लागि पहल गर्नु भएका संघीय सांसद सुदन किराँतीले जानकारी गराउनु भएको छ ।

यता अरुण गाउँपालिका वडा नम्वर २ चम्पेले यस आर्थिक वर्षमा वडा भित्रका ६ सय १० घरपरिवारका घरको छानामा जस्तापाता लगाउन सहयोग गर्ने भएको छ ।

वडाले यस वर्ष जस्तापाता खरिदका लागि ४ लाख २० हजार बजेट विनियोजन गरेको वडाध्यक्ष भुपाल राना मगरले जानकारी दिनु भयो । बिपन्न अवस्थाका कारण घरमा जस्तापाता लगाउन नसकेका घर परिवारले जस्तापाता लगाउन सहयोग पाउने छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button