तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका दुवै महिला मृत अवस्थामा फेला परेका छन् ।

जैमिनी नगरपालिका–१ मा पहिरोले घरसँगै पुरिएर ६३ वर्षिया लक्ष्मीदेवी उपाध्याय र जैमिनी वडा नम्बर–५ विनामारेमा पनि घर माथिबाट खसेको पहिरोले पुरिएर ७५ वर्षिया जल्पादेवी पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो । दुबै महिला पहिरोमा पुरिएर बेपत्ता भएको र खोजी गर्ने क्रममा फेला परेको प्रहरी निरिक्षक रिजालले जानकारी दिनुभयो ।

घरमा रहेका अन्य ६ जना भने सामान्य घाइते भएका छन् । निरन्तर वर्षाले घरमाथि रहेको बाँसघारीमा पानीको मुल उम्रेको र त्यही मुलको पानीले बाँसको घारी सहित पहिरो खसेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button