मदन भण्डारी फाउण्डेशन महोत्तरीको अध्यक्षमा गोपाल बराल चयन
बर्दिबास । मदन भण्डारी फाउण्डेशनको महोत्तरी जिल्ला अध्यक्षमा महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराल चयन हुनु भएको छ ।
बर्दिबास नगरपालिका–४ माइस्थानमा शनिवार सम्पन्न फाउण्डेशनको बृहत् जिल्ला भेलाले बराललाई सर्वसम्मत जिल्ला अध्यक्षमा चयन हुनु भएको हो ।
बराल नेतृत्वको समितिमा इसरागन कुमारी यादव, उमेश चौधरी, एम्तियाज अहमद र डोमा शाही बिष्ट क्रमशः उपाध्यक्ष, सचिव , सहसचिव र कोषाध्यक्ष चयन हुनु भएको छ ।
जिल्लामा गठित ५५ सदस्यीय समितिको १५ सदस्यीय सचिवालय समेत चयन भएको समितिका नवनिर्वाचित सचिव उमेश चौधरीले जानकारी दिनुभयो ।
समितिका पदाधिकारी तथा सदस्यहरूलाई फाउण्डेशनका केन्द्रीय सदस्य सरोज यादवले शपथ दिलाउनु भएको थियो ।
फाउण्डेशनका प्रदेश २ समितिका सदस्य गुञ्ज खड्काको अध्यक्षतामा सम्पन्न भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महोत्तरी सचिव शौखीलाल यादवको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्