कोरोना सङ्क्रमणबाट तनहुँका ७६ वर्षिया वृद्धाको मृत्यु

तनहुँ । तनहुँका थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ निवासी ७६ वर्षिया महिलाको गत भाद्र २४ गते बुधवार मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो ।
भाद्र २० गते अस्पताल भर्ना हुनुभएको उहाँमा गत भाद्र २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँलाई मुटु सम्बन्धी समस्या रहेको थियो ।
तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३५ जना पुगेको छ भने निको हुनेको सङ्ख्या २२६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यस्तै चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।









प्रतिक्रिया राख्नुहोस्