आ–आफ्नो ठाउँबाट लागौं : मन्त्री दुलाल

सिन्धुपाल्चोक – बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्राकृतिक विपत्तिको सामना गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
जिल्लाको बाह्रविसे नगरपालिका–७, घुम्थाङमा आएको पहिरोबाट भएको क्षतिले आफू दुखी भएको मन्त्री दुलालले बताउनुभएको छ । क्षतिकोे खबरले स्तब्ध भएको उहाँले बताउनुभयो ।
सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ , ‘जति प्राकृतिक विपत्ति आएपनि त्यसको समाना गर्नुको बिकल्प हामीसंग रहेन, बार्हबिसे (७, घुम्थाङ नागपुजेको पहिरोले झण्डै ३० जनाको हाराहारीमा क्षति हुनसक्ने खबरले स्तब्ध भएका छौं, उद्धार कार्यमा तीब्र सफलता मिलोस, हामी सबै संयमता र धैर्यताकासाथ आ–आफ्नो ठाउँबाट लागौं ।’








प्रतिक्रिया राख्नुहोस्