तपाईँ सुन्दै हुनुहुन्छः

बिनामारे पहिरो : बेपत्ता वृद्धाको शव भेटियो

बलेवा- अविरल वर्षासँगै आज बिहान आएको पहिरोमा परी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता भएकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ । यसअघि पहिरोमा परी वडा नं १ कुश्मिशेराको टुनिबोटकी ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियोे । मृतक दुवै वृद्धाको शवपरीक्षणको तयारी भइरहेको छ ।

पहिरोमा टुनिबोटका ७० वर्षीय मणिभद्र पाध्याको घाइते अवस्थामा उद्धार गरिएको छ । उहाँका छोरी देवी शर्मा सामान्य घाइते हुनुहुन्छ । उहाँहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचार भइरहेको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो । बागलुङ–कुश्मिशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनिबोटका तीन घरमा क्षति पु¥याएको स्थानीयवासी केदार पौडेलले जानकारी दिनुभयो । पहिरोले सो नगरपालिकामा चार घर पुरेको छ । दुई घर विस्थापित भएको नगर उप–प्रमुख लीला रानाले बताउनुभयो ।

टुनिबोटमा केही पशुचौपायासमेत मरेका छन् ।पहिरोले तीनवटा गोठमा समेत क्षति पु¥याएको छ । वर्षा नरोरिएकाले उद्धारमा कठिनाइ भइरहेको पौडेलले बताउनुभयो । पहिरोको थप विवरण आउन बाँकी छ । जैमिनी–५ बिनामारेको सिम्लेमा पहिराले एक घर नीलकण्ठ पौडेलको परिवारका अन्य ६ जना घाइते भएका छन् ।

बाँसको झ्याङले अँठ्याएको अवस्थामा परिवारका अन्य ६ जनाको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचारका लागि पठाइएको छ । जैमिनीको दुवै वडामा गएको पहिरोको मुख्य कारण सडक निर्माणका क्रममा बनाइएका संरचना भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button