तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १२ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगञ्ज। बाँकेमा आज थप १२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । होटल इन्द्रेणीबाट ५ जना, लायन्स डेण्टलबाट ३ जना तथा मेडिकल कलेज चिसापानी आइसोलेसन, होटल सिटी प्यालेस, खुल्ला कारागार आइसोलेसन र आदर्शनगर आइसोलेसनबाट १/१ जना डिष्चार्ज भएका हुन् ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय ९६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । अब आइसोलेसनमा बाँकेमा ४ सय १५ र अन्य जिल्लाका ५ जना गरी ४ सय २० जना छन् । बाँकेमा हालसम्म १ हजार ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ । ८ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button