सभामुख सापकोटा बाह्रबिसे घुम्थाङको पहिरो स्थलमा

सिन्धुपाल्चोक – सभामुख अग्नि प्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुग्नुभएको छ । उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुग्नुभएको हो ।सभामुख सापकोटासँगै नेकपा केन्द्रीय सदस्य माधव प्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुग्नुभएको छ ।
बाह्रविसे ७ घुम्थाङमा पहिरो जाँदा पुरिएका ३ जनाको शव भेटिएको छ ।बाह्बिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा बेपत्ता मध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अबस्थामा फेला परेका उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।








प्रतिक्रिया राख्नुहोस्