तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुकोटका ९ घर जोखिममा

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोट गोल्पुटोलमा गएरातीको अविरल वर्षापछि आएको पहिरोको कारण बस्ती जोखिममा परेको छ । ९ घर रहेको उक्त बस्तीमा चारैतिर पहिरो आउन थालेपछि बस्नको लागि जोखिम भएको हो ।

तत्काल बस्ती नसारेमा थप विपत्तिको आफूहरूले सामना गर्नुपर्ने स्थानीय सुनिल मिजारले बताउनुभयो । त्यसैगरी सिन्धुकोटकै कमल श्रेष्ठ ,चेत कुमारी राना ,राम बहादुर राना ,कृष्ण बहादुर मिजार ,डल्ली सार्की र कुमार मिजारको घर पनि जोखिममा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button