तपाईँ सुन्दै हुनुहुन्छः

जितपुरसिमरा उपमहानगरपालिकाद्वारा खेलकुद सामग्री बितरण

बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाले खेलाडीहरुको ब्यक्तित्व बिकासको लागि खेलकुद सामग्री बितरण गरेको छ ।

उपमहानगरपालिकाले वडा ६ नगौलका खेलाडीहरुलाई दुई लाख बराबरको खेलकुद सामग्री बितरण गरेको हो ।

खेलाडीहरुलाई बितरण गरिएको सामग्रीमा फुटबल, बुट, नेट, ब्याट, बल, पञ्जा, विकेट लगायतका सामग्री रहेका छन् ।

किक्रेट र फुटबल खेलाडीहरुलाई दुई समुह बनाएर खेलकुद सामग्री बाँढिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button