अनलाईन शिक्षण व्यवस्थित बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाईन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले आज आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले कोरोना भाईरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दूर्व्यसनी’मा फस्नसक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्