तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर दुई सैनिकको मृत्यु

रासस । चितवनको सिंहनाथ गण शक्तिखोरमा करेन्ट लागेर दुईजना सैनिकको मृत्यु भएको छ ।

कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा उनीहरुलाई करेण्ट लागेकोमा श्रेष्ठको उपचारका लागि अस्पताल लैजादै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button