इङ्ग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु भएको छ । नयाँ सिजनको पहिलो दिन चार वटा खेल सम्पन्न हुदैछन ।
उद्घाटन खेलमा आज आर्सनलले फुलह्यामलाई ३–० गोल अन्तरलेले पराजित गर्दै यो सिजनमा जितको शुरुवात गरेको छ ।
आर्सजनलाई जित दिलाउने क्रममा खेलमो पहिलो हाफमा एक र दोस्रो हाफमा अरु २ अर्को थप्न सफल भयो ।
खेलको ८ औ मिनेटमा आर्सनलका अलेजन्द्र लाकाज्याट्ले बनाएको अग्रता ४९ औ मिनेटमा ग्याब्रियलले दोब्बर बनाउदै जित सुनिश्ति गर्यो । त्यसको ८ मिनेटपछि आर्सनलका पिया याम्रिक ओबाइएमले गोल गर्दै खेल ३–० को अवस्थामा पुर्याए ।
गएको सिजनमा लिभरपुलले प्रिमियर लिग जित्न सफल भएको थियो ।
कोरोना भाइरसको महामारीका कारण नयाँ सिजन पनि बन्द रंगशालामै सुरु हुन लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्