तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

झापा । झापाको शिबसताक्षी नगरपालिका–८ धरमपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानिय ३५ बर्षिय महेन्द्रराज शेर्माको आज दिउँसो मृत्यु भएको छ ।

स्थानीय होलीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका शेर्माको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

शेर्मा दमक–२ स्थित हिमालय माध्यमिक बिद्यालयका अङ्ग्रेजी शिक्षक समेत रहेको बताइएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button