तपाईँ सुन्दै हुनुहुन्छः

शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढ्दै

काठमाडौं । घरका छत र वरण्डाको उपयोग गरी अर्गानिक र ताजा उत्पादन उपभोग गर्न पाईने भएकाले अहिले राजधानीसहित शहरी क्षेत्रमा कौशी खेती गर्ने तर्फ आकर्षण बढ्दै गएको छ ।

कौसी खेती प्रवद्र्धनमा लाग्नुभएका नेपाल एग्रो लाइभप्रालिका प्रमुख कार्यकारी अधिकृत राजन गैरले शहरमा सीमित जग्गा हुने अग्ला र घनावस्तीका घरमा आधुनिक कृषिमा आधारित सरल र सुलभ प्रविधिको प्रयोग गरी कौसी खेती गरिने गरिएको बताउनुभयो ।

संस्थाले राजधानीको नख्खीपोट, स्वयम्भू, कुसुन्ती, रामकोटसहितका क्षेत्रमा कौसी खेतीको तालीम समेत दिएको र त्यसबाट सर्बसाधारणको रुचि बढ्दै गएको नेपाल एग्रो संस्थाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button